चैत्र ०८ सल्यान – सर्वप्रिय् गायक संगितकार तथा सर्जक राजु सुनाम र लोकप्रिय गायिका जमुना सनमको आवाजमा रहेको ´मुटु दुखाएर मार्यो `गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । बिहिवार जमुना सनम युट्युब च्यानल बाट उक्त गितको म्युजिक भिडिओ सर्वत्र बजारमा सार्वजनिक भएको हो ।
धन कमाएर फर्के पछि प्रेम गरेकी प्रेमिका अर्कैको भइसकेको गितको म्युजिक भिडियोमा देखाईएको छ । गितका उस्तै शब्द सिर्जना हरु छन् । धन त भयो माया गरेकी प्रेमिका गुमाएर केही काम लागेन जस्ता शब्द सिर्जना गित भित्र छन् । प्रेमिकाले पनि उस्तै गुनासो गरेकी छन् । पर्खेर बसेको भए केस फुलिसक्थ्यो तिमी आउन ढिला भयो यी र यस्तै शव्दहरु गितमा सुन्न सकिन्छ ।
शब्द सिर्जना लय सिर्जना र एरेन्जर राजु सुनामले गरेका छन् । स्टुडियो वजन बाट अडियो निर्माण भएको छ । यति बेला सामाजिक संजाल टिकटक देखि फेस्बुक रिल्सहरुमा समेत उक्त गितका शब्द सुन्न र हेर्न सकिन्छ ।
गायिका जनुमा सनमको परिचय
लोकप्रिय गायिका जमुना सनम अर्घाखाँचीमा जन्मिएकी हुन् । उनी संगित क्षेत्रमा निरन्तर अगाडी बढिरहेकी छन् । उनको आवाजमा रहेको गित ´ मेरो त बुढाले रक्सी खादैनन `बाह्र बर्ष पछि दर्शकले रुचाएका थिए । सो गित बाट फेरि सफलता पाएकी उनी यति बेला गितसंगितमै ब्यस्त देखिन्छन् ।
मुटु दुखाएर मार्यो गितको भिडियो सुनिल बिश्वकर्माको निर्देशनमा गुल्मेली टिकटक भाइरल डान्सर हिरा थापा मगर , आशिष् गज्मेर,अर्जुन पाण्डे र राजेश श्रेष्ठ भिडियोमा फिचर्ड भएका छन् ।भिडियो क्रोरियोग्राफर देखि सम्पादन सुनिल बिश्वकर्माले गरेका छन।
भिडियो हेर्न :-








