नेपाली सांगीतिक बजारमा ´ डाडैमा झुल्के घाम गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । गायक सर्जक संगितकार तथा संगित संयोजक राजु सुनामको ´डाडैमा झुल्के घाम´ गितको म्युजिक भिडिओ आज ( बिहीवार ) राजु सुनाम अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

मेचिकाली खबरका प्रवन्ध निर्देशक भोजराज थापाले केही दिन अगाडि रेखा पोख्रेल लाई मिडियामा ल्याएका थिए । मीठो गित गाउने पोख्रेलको आवाजलाई दर्शकश्रोताले रुचाए । सामाजिक संजालमा उनको आवाजको चर्चा हुन थाल्यो त्यसैबिचमा उनले गित रेकर्डिङ गर्ने अवसर पाइन् । एकपछि अर्को गित रेकर्डिङ हुने क्रममा राजु सुनाम र रेखा पोख्रेलको आवाजमा ´डाडैमा झुल्के घाम ` गित बजारमा सार्वजनिक भयो । उक्त गितको शब्द संगित संगित संयोजक राजु सुनामले गरेका छन् । 

राजु सुनाम बिगत १८/१९ बर्ष देखि नै गितसंगितमा निरन्तर अगाडी बढिरहेका एक गायक सर्जक संगितकार हुन्  । उनि आठौं राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति जाजरकोटका अध्यक्ष समेत रहेका छन ।

केहि हप्ता अगाडी मात्रै चर्चित गायिका शान्ति श्री परियार र राजु सुनामाको आवाजमा जाजरकोटी राजाको सेतो दरवार गितको म्युजिक भिडिओ सार्वजनिक गरेका थिए । जाजरकोटको इतिहास झल्काउने जाजरकोट दरवार लाई समेटिएको गित बजारमा सार्वजनिक गरेका सुनामले यति बेला सामाजिक संजालमा भाइरल भएकि रेखा पोख्रेल सँगको यो पहिलो सहकार्य गरेका हुन्  ।