नेपाल विद्यार्थी संघ सल्यानको कार्यालय आज एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।
सल्यानको खलंगामा रहेको कार्यलयमा बुधवार स्थापना गरिएको हो ।
कार्यक्रमा प्रमुख अतिथि नेपाली कांग्रेस कर्णाली प्रदेश सह–महामन्त्री एकराज डाँगीको प्रमुख आतित्थतामा भएको थियो । यस्तै विशिष्टि अतिथिको रुपमा नेपाल विद्यार्थी संघ सल्यानका पूर्व अध्यक्ष, हाल नेपाली काग्रेस सल्यानका सचिव तथा शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी, नेपाली कांग्रेस सल्यानका महासमिति सदस्य मान बहादुर डाँगी, नेपाली कांग्रेस सल्यानका सचिव एकराज बुढाथोकी एंव जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल रहनु भएको थियो ।
कार्यक्रममा जिल्ला कार्यसमितिका सदस्यहरु कमान सिं। डागी, सनत कुमार शर्मा, प्राण कुमार राई,बिर बहादुर सेजुवा, सचेत शाह, हिमेन्द्र बाबु सेजुवाल, मेघराज भन्डारि आदि।भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरु तथा विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ सल्यानका अध्यक्ष केशव डाँगीको सभाध्यक्षता गर्नु भयको थियो ।
विद्यार्थी नेता प्रसान्त डाँगीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन नेपाली काँग्रेस सल्यानका युवा नेता दिपक कुमार शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल विद्यार्थी संघ निरंकुश, अधिनायकवादी र सामन्तीहरुको विरुद्धमा अनवरत संघर्ष रहि मानव अधिकार, लोकतान्त्र, सामाजिक सदभाव, स्वतन्त्र न्याय, बिधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्र लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीति, आर्थिक, शैक्षिक एवं समुन्नत राष्ट्र निर्माणको अग्रगामी भुमिका निर्बाह गर्दै आएको र गरि रहने प्रतिबद्धता अनुरुप जन्मिएको संस्था हो ।
हरेक आन्दोलनको अग्र मोर्चामा रहि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै निरंकुश, तानाशाही व्यवस्थाको विरुद्ध नेपाल विद्यार्थी संघका विद्यार्थी योद्धाहरुले ज्यानको बलिदान दिएको इतिहासले बताँउछ ।
साथै पार्टी कार्यालय परिसरमा सरसफाई गर्नुका साथै तिज मिलन कार्यक्रम गरी यस्तै संघले शिवजन माध्यामिक विद्यालयको दृष्टिविहिन छात्राबास रहेका विद्यार्थीहरुसंग शुभकामना आदान–प्रदान गरिएको थियो ।