मेरो त वुढाले रक्सी खादैनन गितबाट चर्चा बटुलेकि लोकप्रिय गायिका जमुना सनम को यश बर्षको पहिलो तिज गित ´साडी गुलावी `को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

१२ बर्षपछी ´मेरा त बुढाले रक्सी खादैनन ` गितले टिकटकबाट चर्चा बटुले पछि सोही गितको भाग २ गत तिजमा  ´ हान पैतली जमुना झ्याम झ्याम ` नाम बाट सार्वजनिक भएको थियो । गितका सर्जक संगितकार राजु सुनामले तपाईंको माया पाए सम्म अर्को बर्ष ´हान पैतली सुन्तली झ्याम झ्याम` भाग ३ लिएर आउने जानकारी दिएका थिए । यश बर्ष सोही गितको भाग ३ ´साडी  गुलाबी ` सार्वजनिक भएको हो । 

गत बर्ष सार्वजनिक भएको ( हान पैतली सुन्तली )

गितले यती बेला चारैतिर टिकटक फेस्बुक रिल्स विभिन्न सामाजिक संजालमा व्यापक चर्चा पाइरहेको छ । गितमा चर्चित लोकप्रिय गायिका शान्ती श्री परियार र जमुना सनमको आवाज समेटिएको छ । गितको शब्द संगित म्युजिक संयोजन राजु सुनामले गरेका छन । गितको अडियो स्टुडियो ओजनले निर्माण गरेको हो ।

मौषम हिमाली को उत्कृष्ट निर्देशनमा  अञ्जली अधिकारी, गीता ढुङ्गाना, अभिषेक खड्का, र मौषम हिमाली लगायका कलाकारहरु फिर्चड भएका छन । भिडियो जमुना सनम युट्युब च्यानलबाट सर्वत्र बजारमा उपलब्ध छ ।

भिडियो हेर्न :-