सल्यान असार २१ – पछिल्लो समम नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्। यसैक्रममा सुमन थापा मगरको “तिम्लाई टाढा मलाई नि टाढा” बोलको गीत केही दिन अगाडि सांगीतिक बजारमा सार्वजनिक भएको छ ।
गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब व्यक्त गरिएको छ । केहि समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन् ।
पछिल्लो समयका व्यस्त सर्जक रमेश परियारको शब्द कृष्ण सुधा ढुंगानाको संगीत रहेको “तिम्लाई टाढा मलाई नि टाढा” बोलको गीत यती बेला व्यापक चर्चामा छ । सामाजिक संजाल फेस्बुक रिल्स , टिकटक मा उक्त गितका टुक्का सुन्न र हेर्न सकिन्छ ।
गितमा सुमन थापा मगर, श्याम राना र कृष्ण सुधा ढुंगानाको सुमधुर आवाज रहेको छ । उक्त गितको अडियो स्टुडियो ओजन ले निर्माण गरेको हो ।
भिडियोमा शेखर घर्ति मगर, श्याम राना र बिना बिश्वकर्मा फिचरमा छन्।
स्मृति तिमिल्सिना(गुरुआमा)को निर्देशन/कोरियोग्राफी करण चैसिरको छायांकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ। सुमन थापा मगरको अफिसियल युटुब च्यानल बाट उक्त गितको भिडियो सार्वजनिक भएको छ ।
भिडियो हेर्न :-
गित किन तानियो विवादमा ?
सुमन थापा मगरको गीत विवादमा तानिएको छ कुमार गंदर्बले फेसबुक मार्फत एउटा पोस्ट share गरेका छन् उनले लेख्छन
´तिम्लाइ टाढा मलाइनी टाढा यो हो वास्तविक ओरिजिनल गीत अब नया गीत लाई मुद्दा हाल्ने तयारिमा छु कृष्ण सुधा ढुङ्गाना uncle छिटो भन्दा छिटो सम्पर्कमा आइदिनु होला मैले धेरै चोटि फोन गर्दा पनि उठाउनु भाको छैन मेरो sms हेर्नू भाको छैन
सम्पर्कमा आउनु होला मैले सगरमाथा डिजिटल म्युजिक मा पनि कुरा गरेको थिय तिर्थ बहादुर कै गीत हो भन्नू भाको छ यो गीत म्युजिक नेपाल म रेकर्ड गरि सगरमाथा बाट भिडियो बाहिरा आएको गीत हो । `


















