नेपाली काँग्रेस सल्यानको अन्तर्क्रिया तथा पत्रकार संग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मङलबार नेपाली काँग्रेसको पार्टी कार्यालय विपी स्मृति भवन सल्यान खंलगामा जिल्लास्तरिय अन्तर्क्रिया तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउद, पार्टीका केन्द्रीय सदस्य डा। डिला संग्रौला, केन्द्रीय सदस्य अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द बहादुर शाह, केन्द्रीय सदस्य राजिव विक्रम शाह लगायतका नेताहरुको आथित्यता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला उप सभापति सन्तोष केसि, कर्णालि प्रदेश सभा सदस्य माननिय तथा सल्यान क्षेत्र नं २ क्षेत्रीय सभापति शुरेश अधिकारी, सल्यान क्षेत्र नं १ क्षेत्रीय सभापति शुरेश चन्द ,वडा सभापति, नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छक संस्था बिभिन्नमिडियाका पत्रकारको उपस्तिथि रहेको थियो।
कार्यक्रममा पार्टिका नेताहरुले प्रशिक्षणमूलक मन्तव्य तथा पत्रकारले सोधेका प्रश्नाको जबाफ दिएका थिए ।

जिल्ला सभापतिमा केश बहादुर बिस्टको अध्यक्षतामा सम्पन्न भएको अन्तर्क्रिया तथा पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव प्रकाश भण्डारीले गर्नुभएको थियो ।