लोकप्रिय दोहोरी क्षेत्रकी गायिका लुमा के.सी को ´जादु टुना `गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । लुमा के सी युट्युब च्यानल बाट उक्त गितको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
माया प्रेमका शब्दहरु उक्त गितमा समावेस गरिएका छन । आफ्नो मायाले जादु टुना लगाएको गितमा सुन्न सकिन्छ ।
पछिल्लो समयका लोकप्रिय चर्चित गायक गोविन्द पौडेलको लय शव्दमा गोविन्द पौडेल र लुमा केसीले आवाज दिएको गितको टिकटक फेस्बुक रिल्स लगायतमा भाइरल भईरहेको छ । गितको म्युजिक एरेन्जर महेन्द्र भण्डारीले गरेका हुन् । मिक्सिङ्ग खडक बाजुरालिले गरेका छन भने रेकर्डिङ डम्बर बिश्वकर्मा र सागर बाजुरालिले गरेका छन् । गितको अडियो मालश्री रेकर्डिङ स्टुडियोले निर्माण गरेको हो ।
स्मृति तिमिल्सिना ( गुरुआमा) को निर्देशनमा गोविन्द पौडेल र लुमा के सी लगायत भिडियोमा फिचर्ड भएका छन् । सम्पादन नवीन घर्ती मगरले गरेका छन् ।
भिडियो :-