जेठ , ०९ सल्यान – गायक सर्जक संगितकार मिलन बि सी ले ´ तिमि विना ` गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । संगित क्षेत्रमा निरन्तर यात्रा गर्दै आएका मिलन पछिल्लो समय आफ्नै जीवन सँगको यर्थाथ गित ´तिमि विना ` लिएर सांगीतिक बजारमा आएका छन् ।
उनले आफ्नो स्वर्गीय धर्मपत्नी कल्पना वि सी को सम्झनामा ´तिमी विना ` गितको म्युजिक भिडियो बजारमा सार्वजनिक गर्न पुगे । मिलन ले सधैको लागि आफ्नो धर्मपत्नी गुमाएको पीडा र दुख लाई एउटा गितको पर्दामा उतारेका छन् ।
गितको म्युजिक भिडियो मिलन ले आफ्नै अफिसियल युट्युब च्यानल मिलन वि सी बाट सार्वजनिक गरेका हुन् । यो समाचार लेख्दै गर्दा उक्त गितको म्युजिक भिडियोमा १६ हजार पटक हेरिएको छ ।
गितमा मिलन वि सी र चर्चित लोकप्रिय गायिका शान्ती श्री परियारको आवाज रहेको छ । गितको शब्द संगित मिलन आफैले गरेका छन् । गितको म्युजिक एरेन्जर कृष्ण के सी ले गरेका छन् । रेकर्डिङ सुमन राणा र मिक्सिङ्ग खुमन राणाले गरेका छन् । उक्त गितको अडियो मारुनी रेकर्डिङ स्टुडियोले निर्माण गरेको छ ।
विष्णु भट्टराईको निर्देशन , सम्पादनमा जुना गुरुङ , मिलन वि सी , डिआर. सुनिल सुनार , शंकर बि सी र अस्मिता बि सी साथै बाल कलाकारमा शिभम बि सी र सुसान्त बि सी लाई देख्न सकिन्छ ।
भिडियो हेर्न :–








