बैशाख २३, सल्यान – सल्यान बागचौरमा  कृषि,पर्यटन,ब्यापार तथा सास्कृतिक महोत्सव थप ३ दिन थप गरिको छ । बैशाख २४ गते सम्म लाग्ने आयोजकले अघिल्लो पोस्टरमा जनाए पनि पछिल्लो पोस्टर सार्वजनिक गर्दै बैसाख २७ सम्म रहने आयोजक समितिका अध्यक्ष लोकेन्द्र चन्दले जानकारी दिएका छन । पोस्टरमा भएका कलाकारहरु सबैको प्रस्तुति २४ गते नसकिने भएकाले ३ दिन थप गरिएको आयोजकको भनाइ छ ।

नियमित बैशाख १३ गते देखि संचालित महोत्सवको २४ गते बैशाख भोलि (सोमबार ) चर्चित , लोकप्रिय दोहोरी क्षेत्रमा अत्याधिक दर्शकले रुचाएकी गायिका अस्मिता डल्लाकोटीको प्रस्तुति रहने भएको हो । हास्यकलाकार कमल गाउँले डान्सर जलपरी पनि भोलि को मुख्य पात्रमा रहेका छन् ।

कार्यक्रमका उद्घोषक बिरेन्द्र डि.सी ले गर्ने आयोजकले जनाएको छ । साथमा शान्ता राम सेन्चुरी पनि रहेका छन । 

बैशाख १३ गते देखि  सुरु भएको महोत्सव बैसाख थप ३ दिन गरेर बैशाख २७ गते सम्म विभिन्न कलाकारहरुको साथमा रमाउन सकिने छ ।