शुक्रबार बैशाख २१, सल्यान – बागचौर महोत्सवको आज नौ दिन गायक कृष्ण रेउलेको प्रस्तुति रहने भएको छ । साथै चर्चित डान्सर करिश्मा ढकाल पनि आउने भएकी हुन् । रेउलेका र ढकालका थुप्रै गितमा रमाउन आज पनि बागचौर उर्लिने आयोजक समितका अध्यक्ष लोकेन्द्र चन्दले जानकारी दिएका छन ।

कृषि,पर्यटन,ब्यापार तथा सास्कृतिक महोत्सवको आयोजक सामुदायिका लागि संचार ( CFC ) सल्यानद्वारा संचालित रेडियो मध्यपहाड ८८.२ मेगाहर्ज र कार्यक्रमको संरक्षक बागचौर नगरपालिका रहेको छ । महोत्सवले समग्र सल्यान जिल्ला लाई नै चिनाउन सकिने आयोजक भनाई छ ।

महोत्सव बैशाख १३ गते देखि २४ गते सम्म निरन्तर विभिन्न कलाकारहरुको साथमा रमाउन सकिने छ ।