बैशाख १३ सल्यान – सल्यानको बागचौर नगरपालिकामा कृषि , पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव आज (बिहिवार ) देखि सुरु भएको छ । सामुदायिका लागि संचार ( CFC ) सल्यानद्वारा संचालित रेडियो मध्यपहाड ८८.२ मेगाहर्जको आयोजना र बागचौर नगरपालिकाको संरक्षकमा महोत्सव संचालन भएको हो ।
महोत्सवमा भोलि शुक्रबार राष्ट्रिय गायक चन्द्र शर्माको बेजोड प्रस्तुति रहने भएको छ । साथमा डान्सर राधिका परियार , सिन्धु चन्द ठकुरी , मातृका प्रकाश डि सी लोकदोहोरी गायक र शान्ताराम सेन्चुरी रहेका छन । कार्यक्रमको उद्घोषक शान्ताराम सेन्चुरीले गर्ने भएका छन ।
महोत्सव २०८१ बैशाख २४ गते सम्म रहने छ ।