बैशाख ०६ ,सल्यान – जिल्लाको बागचौर नगरपालिकामा महोत्सव शुरु हुने भएको छ । आगामी बैशाख १२ गते देखि महोत्सव सुरुको काम तिव्र भइरहेको आयोजक समितिका अध्यक्ष लोकेन्द्र चन्दले जानकारी दिएका छन ।

कृषि पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको आयोजक सामुदायिका लागि संचार ( CFC ) सल्यानद्वारा संचालित रेडियो मध्यपहाड ८८.२ मेगाहर्ज रहेको छ भने संरक्षकको रुपमा बागचौर नगरपालिका रहेको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य वस्तुलाई समेत प्रचार गरिने बताएको छ । महोत्सवमा स्थानीय कलाकार सँगै राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको बिजोड प्रस्तुति रहेने आयोजक समितिका अध्यक्ष लोकेन्द्र चन्दले जानकारी दिएका छन् । चन्द का अनुसार महोत्सवले समग्र बागचौरलाई कृषि पर्यटन व्यापार कला सांस्कृतिको रुपमा चिनाउन लागिएको छ ।

महोत्सव आगामी बैशाख १२ गते देखि २४ गते सम्म विभिन्न कलाकारहरुको साथमा रमाउन सकिने छ । महोत्सवमा स्थानीय बजारमा उत्पादन कृषिजनय लगायत विभिन्न बस्तुहरु सुपथ मुल्यमा खरिद गर्न सकिने भएको छ ।