सल्यान ,१७ चैत – नेपाल तरुण दलले २०८१ सालको चैतसम्म आफ्नो केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ ।

चैत १५ र १६ गते बसेको केन्द्रीय समिति बैठकले २०८१ चैत मसान्तसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी वडादेखि जिल्ला अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

महाधिवेशनको कार्यक्रमहरु सुरु गर्नुअघि विधान संशोधन गर्न तरुण दलले ५ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

महाधिवेशनकै तयारीलाई अझ प्रभावकारी र जनचासोको रुपमा अगाडि बढाउन तरुण दलले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रहरुमा मानवीय सेवा र उद्धारका लागि तरुण स्वयंसेवक परिचालन गर्ने भएको छ ।