भाद्र २३
कुमाख गाउँपालिका रागेचौर सल्यानको१४औं गाउँ सभा अधिवेशन सम्पन्न।
स्थानीयतहले असार १० गते भित्र नीति तथा कार्यक्रम ल्याउनु पर्ने ब्यबस्था भयता पनि कुमाखगाउँपालिकाको१४औअधिबेसन गाउँसभा कार्यपालिका सदस्यहरुको अस्तुन्तुस्टीको कारण शुक्रबार मात्र सप्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी अध्यक्षता शुरु भएको थियो भने प्रमुख अतिथि सल्यान जिल्ला प्रदेश सभा (क) सदस्य तथा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. श्री भिम प्रकाश शर्मा , विशिष्ट अतिथि जिल्ला समन्वय उप-प्रमुख श्री असबिर बुढाथोकी, गाउँपालिका उपाध्यक्ष श्री लाल बहादुर रावत,कुमाख गाउँपालिका निवर्तमान गाउँपालिका अध्यक्ष श्री दिलमाया बुढामगर गिरी, सभा सचिव प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्द, गाउँसभा सदस्य लगायत गाउँपालिकाका कर्मचारीहरु, संचारकर्मी, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।
आ.व.२०८०।०८१ को बार्षिक नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष श्री मान बहादुर बुढाथोकी ज्यूले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक विधेयक, विनियोजन विधेयक र बार्षिक वजेट तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष श्री लाल बहादुर रावतज्यूले प्रस्तुत गर्नु भएको थियो।
कुमाख गाउँपालिकाको आ.व.२०८०।०८१ को कुल बजेट रु. ५८,२४,७१,८९८.६९/- अक्षेरुपी (अन्ठाउन्न करोड चौबिस लाख एकहत्तर हजार आठ सय अन्ठानब्बे रुपैया उनान्सत्तरी पैसा मात्र) बजेट विनियोजन गरिएको छ ।उक्त गाउँ सभा अधिवेशनको संचालन योजना अधिकृत श्री मान बहादुर बुढाथोकीले गर्नु भएको थियो।