श्रावण २५ ,सल्यान
नेपाली कांग्रेस सल्यान आन्तरिक सांगठन सुदृढीकरणको लागि “विशेष आन्तरिक अभियान’’ सुरु भएको छ । जिल्ला समन्वय को सभा हलमा बुधबार एक कार्यक्रमको बिच उक्त अभियानको सुरु गरिएको नेपाली कांग्रेस सल्यानले जानकारी दिएको छ ।
नेपाली काग्रेस शारदा नगर सभापती दिपक हमाल
अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य,नेपाल सरकारका पुर्ब मन्त्री , कर्णाली प्रदेशका निबर्तमान मुख्य मन्त्री ,एवम् संसदिय दलका नेता श्री जीवन बहादुर शाही रहनु भएको थियो कार्यक्रमको बिशिष्ट अतिथिमा नेपाली कांग्रेस पुर्ब केन्द्रिय सदस्य डिल्ली रेग्मी प्रदेश सह माहा मन्त्री एक राज डाँंगी रहेका थिए ।
नेपाली कांग्रेस शारदा नगर कार्यसमिति सल्यानको आयोजना र नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार आन्तरिक संगठन सुदृढीकरणका लागि श्रावण २४ गतेदेखि ३० गते सम्म “विशेष आन्तरिक अभियान” सुरु गर्ने निर्णय बमोजिम नेपाली कांग्रेस सल्यानमा पनि उक्त अभियान सुरु गरेको नेपाली कांग्रेस सल्यानले जानकारी दिएको छ । सात दिनसम्म सञ्चालनमा रहने कार्यक्रममा विशेषगरि नेपाली कांग्रेस पार्टी सल्यानको बर्तमान अवस्था, भावी कार्ययोजना लगाएत पार्टीको विविध गतिविधीका विषयमा समिक्षाका साथै पार्टीको समग्र अवस्थाको बारेमा जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, गाउँकार्यसमिति, वडा कार्यसमितिसँग बिषेश रुपमा समिक्षा गरिने भएको छ ।
नेपाली कांग्रेस पार्टीको केन्द्रीय निर्णय अनुसार सुरु भएको आन्तरिक संगठन सुदृढीकरणको लागि ‘‘विशेष आन्तरिक अभियान” को लागि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले प्रतिनिधि खटिएर आएको नेपाली कांग्रेस सल्यानका सभापति केश बहादुर बिष्टले जानकारी दिनुभएको छ । नेपाली कांग्रेस पार्टीको सल्यानको अवस्था, जिल्लाको बर्तमान गतिविधि लगाएत विविध विषयवस्तुको बारेमा केन्द्रीय प्रतिनिधि र प्रदेशबाट खटिएका प्रतिनिधिहरुले यहाँको अवस्था टिपोर्ट गरेर केन्द्र र प्रदेशका लैजाने बताइएको छ ।
नेपाली कांग्रेस पार्टीले सल्यान जिल्लाको पाटीको अबस्था बुझ्न र केन्द्रको पाटीको निर्देशन र सर्कुलरलाई तल्लो तह सम्म लैजानको लागी नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवन बहादुर शाहि खटिएर आउनु भएको छ । त्यस्तै प्रदेश सभा क र प्रदेश सभा ख मा सह माहा मन्त्री एक राज डाँगी खटिएर आएको नेपाली कांग्रेस सल्यानले जानकारी दिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाली प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य,नेपाल सरकारका पुर्ब मन्त्री , कर्णाली प्रदेशका निबर्तमान मुख्य मन्त्री ,एवम् संसदिय दलका नेता श्री जीवन बहादुर शाही कार्यक्रममा बोल्दै पार्टीले आन्तरिक संगठन सुदृढीकरणको लागि सञ्चालन गरेको अभियान विशेष गरि पार्टीलाई सम्पुर्ण गतिविधिमा बलियो बनाउन छलफल र बहस हुने बताउनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “परिवर्तनका लागि नेपाली कांग्रेस पार्टीले गरेको इतिहास कायम छ त्यसलाई पछ्याउदै जानुपछ ।” त्यसकारण उहाँले इतिहासलाई सामना गर्दै वर्तमान समयमा नेपाली कांग्रेस पार्टी विगतका गल्ति तथा कमजोरी लाई सच्याउदै अघि बढ्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेसको संगठनलाई सुदृढीकरण गर्नका लागि पार्टीमा भएको नातावाद, कृपावाद लाई अन्त्य गर्न संगठनलाई बलियो बनाउनु पर्ने कुरा बताउनु भएको थियो ।कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा रहनु भएका नेपाली कांग्रेस पुर्ब केन्द्रिय सदस्य डिल्ली रेग्मीले नेपाली कांग्रेस आफू हरु ले पाटी बचाइराखेको र हामी लाई घरको जग्को ढुङ्गा मात्र सम्झिए मात्र हुन्छ बताउनु भयो। कर्णाली प्रदेशका सह माहा मन्त्री एक राज डाँगीले विशेष गरि नेपाली कांगेस पार्टीको केन्द्रीय समितिले गरेको निर्णयहरुलाई सबै जिल्लाहरुले कार्यान्वयन गर्नु पर्ने बताउनु भएको छ । पार्टीको संगठनलाई बलियो बनाउनको लागि पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचनको समयमा गरेका घोषण–पत्र बमोजिम जनताको अपेक्षा, चाहानाहरुलाई सम्बोधन गरे नगरेको बारेमा बिशेष समिक्षा गरिने बताउनु भयो ।नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम यो अभियान सञ्चालन गर्दै गर्दा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले केन्द्रीय समितिले तयार पारेको कार्यविधि अनुसार नेपाली कांग्रेस सल्यानले अभियान कार्यन्वयन गर्नको लागि पार्टी सकृय रहने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पार्टीले सञ्चालन गरेको अभियान वडा पालिका तहदेखि जिल्ला सम्म कांग्रेसलाई बलियो बनाएर जानको लागि सक्रिय रहने बताउनुभएको थियो । आफु बलियो भए कसैको पनि भरमा पर्नु नपर्ने कुरा बताउदै कांग्रेस पार्टीलाई बलियो बनाएर अगाडी बढ्नको लागि भातृ संगठनलाई बलियो बनाएर जाने कुरो बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस सल्यानका पाटि सभापती केस बहादुर बिष्ट , प्रदेश सभा ख सदस्य तथा नेपाली कांग्रेस प्रदेश ख क्षेत्र नं २ सभापति सुरेश अधिकारी जिल्ला समन्वय प्रमुख बेलाराम रावल जिल्ला कार्यसमिति सल्यान उप सभापति सन्तोष केसि, सचिब प्रकाश भण्डारी , एकराज बुढाथोकी,सह सचिब पदम बुढाथोकी नेपाली कांगेस क्षेत्र नं १ प्रदेश क सभा का शभापति सुरेश चन्द महाअधिबेशन प्रतिनिधि पदमा शाह , शारदा नगरपालिका नगर उप प्रमुख सुस्मिता सपकोटा लगायत शिक्षक संघ विद्यार्थी संघ तरुन दल किशान संघ पत्रकार को सहभागीता रहेकोे थियोे।नगर सचिब अनिल भण्डारीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रम संचालन सचिब कुल बहादुर राउत ले गरेका थिए।