सल्यान भदौ ४ गते,रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्ष जनक कुमार बाँठाले युवतीसँग खिचिएको फोटोको बारेमा सामाजिक सञ्जाल फेसबुकमा टिकाटिप्पणी भैरहेका छन् । शनिबार बिहान डियर जिन्दगी नामको फेसबुक आइडिबाट उक्त फोटो सार्वजनिक भएपछि टिकाटिप्पणी भैरहेका हुन् ।

भर्खरै गाउँपालिका अध्यक्ष जनक कुमार बाठा उर्थ जेकेले आफ्नो चरित्र हत्या गर्ने उद्धेश्यले गरिएको गलत प्रचार बारे आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ । डियर जिन्दगी नामको फेक फेसबुक आइडिबाट फोटा इडिट गरि चरित्र हत्या गर्ने उदेश्यले गरिएको गलत प्रचारबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

काठमाडौ नयाँ बसपार्क स्थित सालैज्यु दोहोरी साँझका संचालक साथीले आफुलाई सम्मान गर्ने उदेश्यले बिहीबार आफु लगायत अन्य साथिहरुलाई बोलाएको उक्त ठाउँमा सहभागि भएको उहाँको भनाई छ । पूर्व खेलाडी तथा कलाकार साथीहरुले राखेको सम्मान कार्यक्रमलाई अनर्थ लगाई मेरो व्यक्तिगत चरित्र हत्या गर्ने उद्धेश्यले गरिएको भ्रममा नपर्न अर्थात यस्ता अपराधी सोचेका मान्छेले गरको कुप्रचारको विश्वास नगर्न सम्पुर्ण शुभचिन्तक, आफन्तजन सबैलाई अनुरोध गर्नुभएको छ ।

साथै आफ्नो चरित्र हत्या गर्ने गिरोहका नाइकेको पहिचान भइसकेको हुदा निजलाई आइतबार साइबर अपराधको मुद्दा दर्ता गरि कानुन प्रक्रियामा जाने गाउँपालिका अध्यक्ष बाठाले चेतावनी दिनुभएको छ ।