साउन १७ ,रुकुम पश्चिममा अटो दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १ चाइनाबगरबाट चौरजहारी नगरपालिका तर्फ जादैँ गरेको भे १ ह ६०३९ नम्बरको अटो जहारीखोलामा दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका हुन् ।


घाइते हुनेमा चालक सानीभेरी १ का पुर्ण बहादुर पुन, सोही वडाका सुन्दर पुन, शनि पुन, निसा राना पुन र निसाकी सासुआमा हुन् । त्यस्तै चौरजहारी नगरपालिका वडा नम्बर ८ गोहीरीकी मन्सरी घर्ती, प्रसान्ती घर्ती, प्रसान्तीका छोरा उपेन्द्र घर्ती रहेका छन् । घाइते मध्ये सबैभन्दा बढि प्रसान्तीका छोरा उपेन्द्र घर्ती चाेट लागेको छ ।


गम्भिर घाइते भएपछि मन्सरी घर्ती, प्रसान्ती घर्ती, उपेन्द्र घर्ती र निसाकी सासुआमालाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ । भने अन्य चार जनाको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । घाइते सबैको टाउकोमा चोट लागेको छ ।


ओरालो बाटोमा ब्रेक फेल हुँदा अटो दुर्घटना भएको चालक पुनले बताएका छन् ।