०७८ ,फागुन २९ ,गते आईतवार , सल्यानको बागचौर नगरपालिका वडा नं. ४ को पेदिखोलामा रहेको सरस्वती माविको ४ कोठे भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले आज एक कार्यक्रमका बिच आ.व २०७७/०७८ मा नगरपालिकाको अनुदान शिक्षा तर्फबाट विनियोजित ३६ लाख बजेटबाट निर्माण भएको ४ कोठे भवनको उद्घाटन गरेका हुन ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले नगरपालिकाले अहिलेसम्म हेर्ने हो भने शिक्षा तर्फ सबै वडामा समान रुपले विकास गरेको बताएका छन । उनले विकासका योजनाहरु शैक्षिक क्षेत्रमा मात्रै नभई अन्य विभिन्न कामहरु बाटो, बत्ती, खानेपानी लगायत थुप्रै ठाउँमा हुने भएकाले सबैतिर मिलाएर काम गर्नु पर्ने र एउटै क्षेत्रमा भने जति काम गर्न नसकिएको बताए ।वडा ४आफ्ना लागि गुरु वडा नै भएको बताउँदै विकास निर्माणका काममा यस वडालाई न्याय नै गरेको बताए । शैक्षिक स्तरको व्यवस्थापनका लागि अभिभावकहरुको पनि महत्त्वपूर्णभुमिका रहने भएकोले अभिभावकहरुले पनि विद्यालयमा गुणस्तरीय शिक्षाको लागि आ-आफ्नो क्षेत्रबाट सहयोग एवम् रेख देख गरिरहन आग्रह गरेका छन ।
उनले शैक्षिक क्षेत्रमा विकास गर्ने नै हो भने धेरै वडामा, गाउँ, टोलहरुमा विद्यालयहरु थप गर्नु भन्दा पनि विद्यालयको शैक्षिक गुणस्तरमा व्यवस्थापन गर्नु पर्ने बताए अझै सल्यान जिल्लामै बढी विद्यालय संख्या ६८ वटा विद्यालय बागचौर नगरपालिका म रहेकोे दाबी गर्नु भएको छ।त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि बागचौर नगरपालिका उप-प्रमुख कल्पना पुनले विद्यार्थीको संख्याको आधार, शैक्षिक स्तरको आधार लगायत हरेक कुराले यो विद्यालय बागचौर नगरपालिकाको मुल केन्द्र विन्दुमा पर्ने बताएकी छन । उनले नगरका १२ वटै वडाका मा :वि विद्यालयहरुमा यस्ता किसिमका भवनहरु बनिसकेका र आझै पनि शैक्षिक क्षेत्रमा थुर्पै काम गर्न बाँकी रहेकोले क्रमिकरुपमा सबै विकासका कामहरु पूरा हुने बताएन् । तेस्तै प्रधानध्यापक राम रोशनी बस्नेतले हामी ले तपाईंका बालबालिकालाई प्राविधि मैत्रीपूर्ण बिधिबाट निकट भबिस्यमा पढाइदिने बताउनु भएको छ। अभिभावक खिमलाल वलीले हिजोका दिनमा छोराछोरी धुलोमा बसी खर्को छानामुनी बसेर पढिरहेका आ-आफ्ना छोराछोरीहरुले अहिले हरेक सुविधा सहित सहज वातावरणमा पढिरहेकोले खुसी व्यक्त गरे । हिजोका दिनहरुमा जे जस्तो दुख बेहोर्नु परे पनि संघ, प्रदेश लगायत स्थानीय सरकारको सहयोगबाट धेरै सुविधा पाएको र भवन सँगै अब यहाँका विद्यार्थीहरुका लागि प्राविधिक शिक्षाको लागि बाहिर जानू पर्ने समस्यालाई हल गर्दिन पनि आग्रह गरेका छन । उनले यो विद्यालयमा जति पनि विकासका कामहरु भएका छन त्यसलाई अभिभावक र यहाँ का स्थानीय को उपलब्धि भएको बताए ।कार्यक्रममा बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, शिवरथ स्वास्थ्य चौकी प्रमुख टेक ब. रावत, युवा खेलकुद तथा शिक्षा शाखामा कार्यरत कर्मचारी रबि किरण वली, ईप्रका प्रमुख सिमखोली नरेन्द्र चन्द, वडा नं. ४ का वडाध्यक्ष प्रेम ब. पुन, वडा नं. ५ का कार्यवाहक वडाध्यक्ष विक्रम रावत, विभिन्न वडाका वडा सदस्यहरु, बुद्धिजीवी, पत्रकार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा पुर्ब प्रधानाध्यापक नवराज पुन जेहेन्दारीता छात्रवृत्ति पुरस्कार अर्न्तर्गत राम्रो अंक ल्याएर पास गर्ने दुई जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियोे । विद्यालयको लागि जग्गा दान गर्ने दाताहरुलाई सम्मान तथा विभिन्न आमा समुहरु, विद्यार्थीहरुले छुवाछूत भेदभाव सम्बन्धित सन्देश मुलुक नृत्य, नाटक प्रस्तुत गरिएका थिए र पुराना लोपोन्मुखनृत्य सिंङ्गारु स्यारिङे जस्ता नृत्य प्रस्तुति मा देखाईएको हो। विद्यालयको २०७६/७७ को आर्थिक बर्ष को आयब्य प्रतिवेदन प्रस्तुत लेखा शाखा प्रमुख लक्ष्मण पुनले गरेका थिए ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृति बहादुर पुनको सभाअध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक हरिस प्रसाद जोसीले राखेका थिए भने कार्यक्रमको संचालक शिक्षक नरेस के.सी. ले गरेका थिए ।