समारोहलाइ सम्बोधनका क्रममा नगर प्रमुख भण्डारीले नव प्रबेशी नगर प्रहरीहरुलाइ बधाइ तथा शुभकामना दिदै पालिकाको सुरक्षा तथा ब्यबस्था कायम गर्न इमान्दार भएर लाग्न निर्देशन दिए ।
उक्त अवसरमा नगर प्रहरीले  सलामी अर्पण गर्दै  कवाज प्रदर्शन र सफत ग्रहण गरेका छ्न ।


तालिम केन्द्रका सह-समादेशक प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीको स्वागत मन्तब्य रहेको समारोहमा विशिस्ट अतिथिको रुपमा बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम, सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरी र उपाध्यक्ष राम बहादुर बस्नेत समेत रहेका थिए  ।
प्रमुख अतिथि तथा बिशिस्ट अतिथिबाट नगर प्रहरीहरुलाइ पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिनुका साथै ३ वटै पालिकाको  तर्फ बाट तालिम केन्द्रलाइ सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) का प्रमुख प्रहरी वरिस्ठ उपरीक्षक  राजेन्द्र प्रसाद भट्टले समारोहमा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथि, प्रहरी परिवार र नगर प्रहरीहरुलाइ धन्यवाद ज्ञापन दिएका थिए ।