बैशाख ५,सल्यान जिल्ला बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा आज बुधबार बिहान करिब साढे १० बजे घोराही बाट रुकुमकोट जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक बस दुर्घटना भएको हो। बस सडक बाट ५० मिटर तल खसेको छ । दुर्घटनामा परि ,घाइतेहरुको जनप्रिय पोलि किल्निक र सहज पोलि किल्निक बागचौरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय थारमारे सल्यानले बताएको छ।