फगुन ७,सल्यानमा सुन्तलाबोकेको जिप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । 

सल्यान छत्रेश्वरी गाउँपालिका १ मैयानी हुँदै दमाचौर मोखला जाँदै गरेको फलसुन्तला लोड गरेको ग ३ च ३३१२ जिप दमाचौर १ मैयानीको भित्रि सडकमा सोमबार करिब बेलुकी ५ बजे दुर्घटना भएको हो । 
दुर्घटनामा परी जिप चालक तनहुँ आबुखैरेनीका अन्दाजी अर्जुन विक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

उकालोमा चढ्न नसकी अनियन्त्रित भई जिप सडकमै पल्टिएको थियो । घाइते विकलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो