माघ १८, कोटमौला डांगिगाउँ खोरबारे सडक खण्डमा पर्ने फुलवारि नजिकै बिहिवार बिहान ८बजे ट्याक्टर दुर्घटना भएको छ । बागचौर नगरपालिका वडा नं ०८ कोटमौला बजार बाट मंग्राखोला सोरा बारिमा गोबर मल लिएर जादै गरेको रा १ त ५७३८ नम्बरको ट्याकटर दुर्घटना हुदा बर्ष १९ को सल्यान कुमाख गाँउपालिका वडा नं ६ बढागाँउका चांलक जनक बिकको घटना स्थानमै टरालिले च्यापेर मूत्यु भएको छ । गाडि रोड देखि करिब १२ मिटर तल बारिमा खसेको छ।बिहान देखि अविरल रूपमा पानि परिरहेकोले बाटो निकै चिप्लो भएको कारण जमिन भासिएर दुर्घटना भएको हुन सक्ने ईलाका प्रहरि कार्यलय थारमारे सल्यानले बताएको छ ।