माघ १४, एनएलजी इन्स्योरेन्स क.लि. सल्यान शाखाको आयोजनामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता आधारभुत तिन(३) दिने तालिम सम्मपन्न भएको छ। उक्त तालिम माघ ११ देखि १३ गते सम्म संचालन भएको थियो ।

कार्यक्रम को संचालन सल्यान शाखा प्रमुख अनुराग बोहराले गर्नु भएको थियो, भने प्रशिक्षक अनि प्रशिक्षार्थीलाई सल्यान शाखा अनि ब्यक्तिगत तर्फ बाट स्वागत गरि सुरु भएको तालिममा प्रशिक्षण मुख्य प्रशिक्षक Business Co-ordinator सुनिल श्रेस्ठ, कर्णाली पर्देश प्रमुख हरिहर आर्याल, बर्दिया शाखा प्रमुख अनु हमाल, प्रादेशिक कार्यलाल धनगडिका Underwriting Head लेख खत्री,सल्यान शाखा प्रमुख अनुराग बोहरा, बर्दिया शाखामा कार्यरत कल्पना थापाले प्रशिक्षण दिनु भएको छ ।

उक्त ३ दिने तालिममा कृषि बीमाका सैदान्तिक पक्ष लगायत कृषि बीमाका बिभिन्न बीमालेखको बारेमा जानकारी गराईएको थियो ।

तालिममा सहभागीहरुले अभिकर्ता तालिम निकै फलदायी भएको र तालिम बाट सिकेका ज्ञान सिप बाट कृषकहरुलाई टेवा पुर्याउनमा पछी नपर्ने र यो हद सम्मको सहजीकरणका लागि एनएलजी इन्स्योरेन्सलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।

प्रशिक्षार्थीहरु सल्यान जिल्लाको १० ओटै स्थानिय तहमा कार्यरत पशु तथा कृषि प्राबिधिकहरु, ASDP मा कर्यरत पशु तथा कृषि प्राबिधिकहरु, प्रधानमन्त्री कृषि आधुनिकरण परिआयोजना का पशु तथा कृषि प्राबिधिकहरु, विभिन्न प्राबिधिक धारमा अध्यापन गराउनु हुने शिक्षक प्राबिधिकहरु, ब्याबसायिक पशु तथा कृषि प्राबिधिकहरु लगाएत विभिन्न तह र तप्कामा कार्यरत रहेका पशु तथा कृषि प्राबिधिकहरु भएकाले भोलिका दिनमा प्रशिक्षार्थीहरु सङ्ग Compulsory कृषक ठोकिन आउने र कृषकको घर घरमा बीमाको पहुच पुर्यान मा टेवा पुग्ने भएकाले तालिम एकदमै प्रभाबकारी हुने सल्यान शाखा प्रमुख अनुराग बोहराको भनाइ रहेको छ ।

उक्त तालिममा ५० जना प्रशिक्षार्थीहरु को कोटा रहने र ५० जना नै प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो!