माघ १कोटमौला सल्यान,कोटमौलाको सुन्तला को मुल्य आझै खुल्न सकेन्न। सल्यान बागचौर नगरपालिका वडा नं ८ र ९ कोटमौला सुन्तला को लागि प्रशिद्द ठाउँमा चिनिन्छ। कोटमौला को सुन्तला देशको विभिन्न ठाउँमा जाने गर्दछ। यहाँ को सुन्तला प्रतेक को घरमा २० कुन्टेल देखि ४०० कुन्टेल सम्म उत्पादन हुने गरेको पाईन्छ।


मंसिर महिन देखी बिक्रीवितरण हुन लागिएको सुन्तला ५० रुपैयाँ प्रती केजि मुल्य पाएको थियोे। पुष महिना को पहिलो सातादेखि ६५रुपैयाँ प्रती केजि मुल्य देखी ९० रुपैयाँँ सम्म मा बिक्रि भइरहेका छ। माघ को पहिलो सातादेखि सुन्तला को मुल्य बजारमा बढ्न थालेको छ। सुन्तला को माघ धेरै भएको र सुन्तला बजारमा सकिन्न भएकोलेपछि सुन्तला ले बजार भाउ पाउने छ। प्रती केजि ९० रुपैयाँँ देखि १०५ रुपैयाँँ सम्म जान सक्ने किसान ले अनुमान गरिकाछन्।

यहाँ को सुन्तला काठमाडौ, नारायणघाट,बुटवल, धनगढी, सुर्खेत, दाङ्ग,को बाजारमा सुन्तला जाने गर्द्छ। यो बर्ष कोट्मौला को सुन्तला बाट ३ करोडौ रुपैयाँ सम्म साबिक कोटमौला गाबिसमा आम्दानी हुन सक्ने बागचौर नगरपालिका वडा नं ८ अघुवा किसान भरत नाथ योगि को भनाई रहेको छ।

सुन्तला को मुल्य फागुन महिना सम्म राखेपछि मुल्य त बढने तर तौल घटेर जाने गर्दछ। सुन्तला किन्न आउने ठेकेदार किष्ण बास्कोटा भने तराई तिर निकै चिसो भएको कारण सुन्तला किन्न अलि गाह्रो मान्य गर्द्छ्न मन्डि वालहरु बताउँछन् ।