कार्तिक १८

भूकम्पले सल्यानको दार्मा गाउँपालिकामा करिब ३ दर्जनभन्दा बढी घर गोठहरुमा क्षेती पुुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार दार्मा गाउँपालिका भित्र मात्रै ३५ वटा घर गोठमा भूकम्पले क्षति पुर्याएको खबर प्रहरीकोमा आएको छ ।

केही घरहरुमा पुर्ण रुपमा र केहि आंशिक रुपमा क्षति पुगेको डिएसपी कार्कीले बताए । घरमा भएको क्षतिको बारेमा तथ्यांक संकलन गर्न अहिले प्रहरी प्रभावित ठाउँमा पुग्न लागेको उनले बताए ।

दार्मामा भूकम्पले कुनै मानवीय क्षति नभएको तर केहि पशुचौपाय भने घर भत्किदा पुरिएर मरेको बताइएको छ ।