कात्तिक १२ सल्यान आईतवार सल्यान कोटमौलामा सोरठी गीत र नाच संरक्षणमा स्थानीय जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन बागचौरनगरपालिका –८ कोटमौलाका पुरानो पुस्ता सक्रिय भएका हुन् ।

आज मिति २०८० साल कात्तिक १२ गते आईतवार सोरठी नाचका अगुवा ओपेन्द्र नाथ योगिको अध्यक्षतामा बैठक बासि बैठकद्वारा अध्यक्ष किष्ण बहादुर चन्द, उपाध्यक्ष फत्ते बहादुर पुरि, सचिब भिम बहादुर चन्द,सहसचिव भुपेन्द्र बि.एम कोषाध्यक्ष प्रेम नाथ योगि सदस्यहरु भद्र बहादुर चन्द,भिम बहादुर चन्द (B)फत्ते लाल शर्मा आन्द कुमार चन्द लोकेन्द्र चन्द दिपक चन्द सल्लाहकारमा लक्ष्य हमाल, भरत नाथ योगि, यज्ञ बहादुर चन्द, पुर्ण चन्द, र लोकमान चन्द ११ कार्यसमिति निर्बिरोध चयन गरिएको छ।

गाउँलेले वि.स. २०५२ सालमा स्थापना गरेको ‘सोरठि नाच समिती सोरठी गीतको संरक्षणमा लागेको हो । कालिका भगवती सोरठि नाच समितिका सल्लाहकार यज्ञ बहादुर चन्द पुर्ण बहादुर चन्दले पुरानो संस्कृतिबारे नयाँ पुस्तालाई सिकाउन र तिनको संरक्षणमा प्रेरित गर्न बुढौली पुस्ता जुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“अघिल्लो पुस्तासँगै मौलिक कला, संस्कृति हराउने डरले संरक्षणको पहलमा जुटेका हौँ,”

सोरठी गीतको समूहमा वृद्ध कलाकारदेखि युवासम्म संलग्न छन् । चन्दका अनुसार समितिलाई सोरठीगीत प्रदर्शनकै लागि विभिन्न ठाउँबाट माग आउने गरेको छ।

समितिले सोरठी गाएबापत आएको दान रकम सामाजिक काममा खर्चने गरेको बताएको छ । समितिले प्रस्तुतिलाई व्यवस्थित र आकर्षक बनाउन एकै खाले पोशाकको समेत व्यवस्था गरेको छ ।

कलाकारमा गाउने समूह, मादले, मारुनी, पुर्सुगेँ आवश्यक पर्छ । पुरुष कलाकार पनि महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मादलकै तालबाट गुरु ’बा’ को निर्देशनअनुसार अन्य कलाकारले गायनमा सघांउछन् ।

मगर समुदायमा विवाह, व्रतबन्ध देखि सार्वजनिक समारोह, मेला पर्व र उत्सवमा समेत सोरठी प्रस्तुत गरिन्छ।

सल्यानमा बागचौर सँगै कुमाख, बनगाड र कपुरकोट क्षेत्रश्वरि क्षेत्रमा यो नाच नाचिन्छ । सोरठीगीत विशेषगरी तिहारका बेला रामलीला, कृष्ण चरित्रजस्ता ईश्वरीय भक्तिगानका रुपमा गाउने प्रचलन छ । तर, पछिल्लो समय यसको उचित प्रवद्र्धन हुन नसकेको संस्कृतिकर्मीहरु बताउँछन्।