भदौ २४ सल्यान ।
जिल्लाको बागचौर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको अटेरी ,कर्मचारीलाई रमाना दिएनन् आफू पनि सरुवा भएको ठाउँमा गएनन् विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरूप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले कर्मचारीको सरुवा नियमित प्रक्रिया भएको बताउदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८० श्रावण २४ गतेको निर्णय अनुसार नगरपालिकामा उप-सचिवलाई सरुवा गरिएको र अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृतको २०८० श्रावण २५ गतेको निर्णय अनुसार सरुवा भएको नगर प्रमुख गाैतमद्वारा आज जारी भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
एउटा स्थानीय तहमा संघीय निजामती सेवाबाट एकजना प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था रहेको र सरुवा भई जाने र सरुवा भई आउने कर्मचारीको एउटै टिप्पणी मार्फत सरुवा हुनुपर्नेमा एउटा स्थानीय तहमा एकै समयमा दुईवटा प्रमुख प्रशासकीय अधिकृत खटाउनुले स्वाभाविक सरुवा नभई पूर्वाग्रही रहेको आइतबार (आज) जारी गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । बागचाैर नगरपालिकामा खटाइएका उप-सचिव उदय बहादुर पराजुलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफ्नो व्यक्तिगत कारणले जान नसक्ने भनी निवेदन समेत पेश गरेकाे जारी गरिएको ध्यानाकर्षण पत्रमा लेखिएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारी विशाल वलीको काज फिर्ता भएको साचो भएको तर उक्त समयमा उहाँको श्रीमतीको लडेर ढाडमा समस्या भएकोले हेरचाह गर्न केही समयका लागि काजमा खटिएकै स्थानमा रही कामकाज गर्न पाउ भनी कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएकोले रमाना नलिई बस्नुभएको जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ । निज विशाल वलीलेको श्रीमतीको स्वास्थ्य अवस्था ठिक भइ रमाना लिन चाहेको अवस्थामा एक सेकेन्ड पनि कार्यालयको तर्फबाट नरोकिने कुरा जानकारी गराउन चाहन्छु’ नगर प्रमुखले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र: