२१ भदौ,
काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो
महानगरपालिकाले बिहान ११ बजे पार्थिव शरीरको श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।