श्रावण ३१ सल्यान ,तीज गीतहरु धमाधम बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लामो समयदेखि रेडियो पत्रपत्रिका साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएका जाजरकोटका दिल बिक्रम शाहीको तीज गीत ‘बाबुको माया’ सार्वजनिक भएको छ । मंगलबार उक्त तीज गीत सार्वजनिक भएको हो ।

दल बुढाको संगीत रहेको उक्त गीतमा चर्चित लोकदोहोरी गायक गणेशकुमार वली, बीर खाण ठकुरी र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतमा दिलबिक्रम शाही र जाजरकोटकै डिल मिलन केसीको शब्द सिर्जना रहेको छ । गीतको अडियो मालश्री रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ ।

म्युजिक एरेन्ज बिनोद बाजुरालीले गरेका छन् । रेकर्डिङ सागर बाजिराली र गोबिन्द पराजुलीले गरेका छन् भने मिक्सिङ्ग खडक बाजुरालीको रहेको छ । बिष्णु भट्टराईको निर्देशनमा रहेको भिडियोमा टिकटक भाइरल गुल्मेली हिरा थापामगर र सन्तोष शर्मा लगायतको अभिनयमा भिडिओ निर्माण गरिएको छ । शिखर केसीको कोरियोग्राफी रहेको भिडियो सम्पादन बिष्णु भट्टराईले गरेका छन भने भिडियो निर्माण आशिष फिल्मीद्वारा गरिएको छ ।गित हेरि -सुनिसके पछि कस्तो लाग्छ सल्लाह शुझाब दिन अनुरोध गरेका छन्।