साउन २१, ।

सल्यानमा एक महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी छन् ।

जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ३९ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मृत फेला परेकी हुन् । बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा बारीमा मृत अवस्थामा भेटिएकी हुन् ।

घटनाको प्रारम्भिक शव हेर्दा घाँटी काटिएको जस्तो देखिएको स्थानीयबासीले बताएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली पुग्दै छ ।