साउन३,हिजो दिउँसो देखि राति अबेरसम्म नगर प्रमुख अगुवाईमा मेसिन लियर सडक मर्मत कार्यमा आफै खटिनु भएको छ।

बागचौर देखि कोटमौला हुँदै पातिहाल्न सम्म जाेडिएको सडक खण्ड मर्मत कार्य निरन्तर भइरहेको छ । नगरपालिकाकाे JCB मेसिन, २ वटा टिपर र राेलरले उक्त ठाउँमा काम गरिरहेका छन।

विगत वर्ष देखि सास्ती भाेग्दै आयका यस सडक बाटाे प्रयाेग गर्ने गाडी तथा यात्रुले बाटाे मर्मत पछि सहज रुपमा गाडीहरू बर्खामा पनि आउद्जाउद गर्नेसक्ने छन् भनी बिश्वास लिएकोछ।यस सडक खण्डकाे मर्मत कार्य सम्पन्न पश्चात् नगर भित्रका अन्य बाटाेमा क्रमशः काम गर्दै जाने नगर प्रमुख जनकराज गाैतमकाे भनाइ छ ।

सडक मर्मत कार्यमा नगर प्रमुख जनकराज गाैतम, वडा अध्यक्ष सुशील जंग चन्द, कार्यपालिका सदस्य रेशम बि.क, टिकाराम बि.क, नगर प्रमुखको सचिवलय टिम, मेसिन, गाडी चालक सह-चालक लगायत वडा वासीहरुकाे सहभागीता रहेको थियो ।