असार २७,सल्यानको बागचौर नगरपालिका वडा नम्बर -२ बागचाैरमा संचालित रहेको जनप्रिय पोलिक्लिनिकले निशुल्क रुपमा कागतीका बिरुवाहरु प्रदान गरेको छ।

जिल्लाको बागचाैर नगरपालिका वडा नम्बर -२ थारमारेमा दुई पक्षको छ्लफल पछि हिजो मंगलबार शारदा नगरपालिका वडा नम्बर २ लाई करिव ८ हजार पाँच सय विरुवाहरु निशुल्क रुपमा दिएको हो ।

बागचाैरमा रहेको जनप्रिय पोलिक्लिनिकका संचालक स्वर्गीय भिम वलीको सम्झनामा निशुल्क रुपमा विरुवा हस्तान्तरण गरिएको बागचाैर- ९ निबासी उनको भाई प्रभाकर वलीले जानकारी दिनुभयो ।

उनका स्वर्गीय दाई भिम वलीको सम्झनामा शारदा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सविन हमाललाई निशुल्क रुपमा कागतीका विरुवा वितरण गरेका छन्। यसले त्यहाँका किसानहरुले कागती उत्पादन गरेर बेनिफिट गर्न नस्केता पनि घरमा चुकको रूपमा खाना सकिने बताए।किसानहरु खुशी हुँदै यो ऎतिहासिक कार्यको सहजीकरण गर्ने वडा अध्यक्ष सबिन हमाल र बिरुवा सौंजन्य गने जनप्रिय पोलिक्लिनिकका संचालक प्रभाकर वलि लाई धन्यवाद दिए।स्वर्गीय भिम वलिलाई किसानहरुले श्रर्दाशुमन समेत व्यक्त गरेका छन् ।