जेष्ठ ०५, बागचौरनगरपालिका वडा नं. २ मा बागचौरमा नगरपालिकाकाे ९० लाख लागतमा २८.५ मिटर लम्बाई र १४.६ मिटर चाैडाइमा निर्माण हुने सभाहलकाे एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।
बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले उक्त सभाहलकाे शिलान्यास गर्नुभएको हाे । कार्यक्रममा बोल्दै नगर प्रमुख ले नगरपालिकाकाे आफ्नै सभाहल नहुदा भाडाका हल लिएर कार्यपालिका , नगर सभा, भेला, गोष्ठी जस्ता लगायतका अन्य कार्यक्रमहरु गर्नुपर्ने बाध्यता रहेको थियो । सभाहल निर्माण पछि नगरपालिकाकाे हल भाडा लाग्ने रकम बचत हुनेछ ।

सभाहलकाे शिलान्यास कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, नगर प्रवक्ता दिपेश डि.सी, १२ वटै वडाका वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, कर्मचारी, लगायतको उपस्थिति रहेकाे थियाे ।