सल्यानमा ब्लड क्यान्सर पिडित एक बालिकाको केहि रकम सहयोग जुटाईएको छ।

युनिभर्सल युथ क्लब थारमारे सल्यानको आयोजनामा वैशाख १७ गतेदेखी २४ गतेसम्म ७ दिन सम्म संचालनमा आएको सल्यानको बागचौरमा बागचौर कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सवमा ब्लड क्यान्सर पिडित हर्षा बुढाथोकीको उपचारका लागि आर्थिक सहयोग अभियानमा गज्जबको मिडिया सञ्चालक इन्द्र बुढाथोकीको पहलमा सहयोग जुटाएको हो। जसमा आयोजक टिम युनिभर्सल युथ क्लब थारमारेले रु ५०००,द लेबल अप डान्स ग्रुप सुर्खेत बाट रु २०००,सुनिल ट्रेडर्स ब्यबस्थापक गोबिन्द डि.सी रु.१०००,आतिराम बस्नेत सामाजसेबी प्रदिप बस्नेतका पुजनिय बुवाबाट रु ५००,कुशल संचालिका कल्पना कुसुमबाट रु ५०५,बागचौर नगरपालिका वडा नं.२का वडा अध्यक्ष दिपेश डि.सि बाट रु ५०० ,हरेक ठाउबाट महोत्सब हेर्न आउनु भएका आदरणीय दर्शकहरु बाट रु ८९७० गरीजम्मा रु १८४७५(अठार हजार चार सय पचतर) सहयोग रकम उठेको हो।

पिडित हर्षा बुढाथोकी उपचारका लागि आर्थिक सहयोग अभियानमा खटिनुहुने मिडिया सहयोगी रेडियो मध्यपहाडमा कार्यरत प्राबिधिक प्रदिप मगर,फ्लेक्स ब्यानरमा सहयोग गर्ने सर्गम ओली,युनिभर्सल युथ क्लब थारमारे सल्यान
का अध्यक्ष मदन बस्नेत,महोत्सब सम्योजक सांस्कृतिक सम्योजन अनिमेस के.सि,ब्यबस्थापक प्रदिप बस्नेत आर्थिक सम्योजक बिरेन्द्र बस्नेत प्रचार प्रसार सम्योजक सुदिप घर्ती लगायत सम्पुर्ण पदाधिकारी सम्पुर्ण टिमले सोही रकम इन्द्र बुढाथोकिलाइ हस्तान्तरण गर्नु भएको हो।

बुढाथोकीले भन्नु भयो युनिभर्सल युथ क्लब थारमारे सल्यान लगायत पिडित नानी हर्षा बुढाथोकिलाइ सहयोग र सिघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णलाई साथै पिडित परिवारको तर्फबाट मनै देखि धन्यवाद ब्यक्त गर्द छौ उहाले बताउनु भयो तपाइहरुको सहयोगले नानिको ज्यान बाच्ने छ सफल उपचार हुनेछ देशबिदेशमा रहनुहुने मनकारी ब्यतित्व जो कोही पिडित नानिलाइ सहयोग गर्न चाहानु हुन्छ भने फोन नम्बर ९८६८२७९४९३ र ९८०१३२७०१३मा तपाइहरुले बुझेर उहाको खातामा सहयोग गर्न सक्नुहुनेछ।