सल्यान बागचौर नगरपालिका २ थारमारेको युनिभर्सल युथ क्लब आयोजनामा हुने बागचाैर कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महाेत्सवकाे आईतवार बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले पानसमा बत्ती बालेर र ब्यानर पढेर उद्घाटन गर्नुभएको हाे ।

उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतमले बागचाैर नगरपालिका तथा समग्र सल्यानकाे कृषि, पर्यटन, पशु तथा घरेलु उत्पादित बस्तुहरुकाे बजारिकरण र प्रचारप्रसारमा महाेत्सवले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो उहाँले कला, सांस्कृतिकाे जगेर्ना गर्न सबै लाग्नुपर्नेमा जाेड दिदै स्थानीय कला, संस्कृति र उत्पादनलाई प्रवर्द्धन गर्न सबैमा अनुरोध गर्नुभयो । महाेत्सव अवधिभर शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न सुरक्षा निकाय र आयोजकलाई निर्देशन समेत दिनुभयो ।

वैशाख १७ गतेदेखी शुरु भएको महोत्सव २४ गतेसम्म संचालन हुने महाेत्सवका संयोजक अनमेश केसि ले जानकारी दिनुभएको छ। महोत्सवको मुल नारा स्थानीय कला, संस्कृति, कृषि, उद्योग र पर्यटन, व्यापार प्रबर्द्धन गर्ने हाम्रो अभियान भन्ने राखिएकाे छ । स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुकाे सहभागीता रहने आयोजकले बताइएको छ । महाेत्सवमा बाल उद्यान, पिङ, लगाएतका मनाेरन्जनात्मक बस्तुहरु राखिएको छ ।

महाेत्सवकाे उद्घाटन कार्यक्रममा कल्बका अध्यक्ष मदन बस्नेतको सभा-अध्यक्ष बाट शुरु भएको कार्यक्रम प्रमुख अथिती बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अथिती नगर उप-प्रमुख सुम्निमा डि.सी वली, निवर्तमान नगर प्रमुख लाेकमान बुढाथोकी, अथिती नगर प्रवक्ता दिपेश डि.सी लगायत अन्य जनप्रतिनिधि, राजनीतिक दलका नेता, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, व्यापारी लगायतको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम स्वागत मन्तव्य कल्बका सल्लाहकार समिती सदस्य तुफान ओलि ले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण राजेश भण्डारीले गरेका थिए।