चैत २६ ,बागचाैर नगरपालिकामा प्राथमिक तहमा स्थायी नियुक्ति भई आएका ९ जना शिक्षकहरुलाई स्वागत तथा समान गरिएकाे छ ।

आईतबार एक कार्यक्रमका बिच नगर प्रमुख जनकराज गाैतमले नगरपालिकामा नवनियुक्त शिक्षकहरुलाई स्वागत, बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै, पदास्थापना पत्र र डायरी हस्तान्तरण गर्नुभएको थियोे । कार्यक्रममा नगरप्रमुख ले यदि कतै अन्याय भएको खण्डमा कामको आधारमा मुल्यांकन गरिन्छ। यसमा अहिलेनै आतिनु पर्ने आबाश्यक नभएको बताउनु भएको छ।

नगर प्रमुख जनकराज गाैतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि कठायत, नगर प्रवक्ता दिपेश डि.सी, वडा नं०३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, कार्यपालिका सदस्य रेशम कि.क, शिक्षा समिति सदस्य चुडामणि के.सी, लगायतको सहभागीता रहेको थियाे । उक्त कार्यक्रमको स्वागत मन्तव्य नि प्रमुख प्रशासकिय
अधिकृत हरि कठायतले राख्नु भएको थियोे। भने कार्यक्रमको संचालन शिक्षा शाखाका लक्ष्मी नारायण के.सीले गर्नुभएको थियो ।