माघ ४ सल्यान, जाडोयाम दिउँसो मौसम ठिकै भए पनि बिहान र साँझ भने अत्यधिक चिसो हुने गरेको छ । जोडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी समेत हुने गरेका छन् ।

चिसोमा धेरै मानिसलाई रुघाखोकी सँगै विभिन्न स्वास्थ्य समस्याले सताउँछ । यो मौसममा विशेषगरी साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । यस्तोमा चिसोबाट बच्न विभिन्न सावधानी अपनाउन आवश्यक हुन्छ । माघ महिना शुरु भए सँगै रात समयमा खोला नाला अगलो ठाउँमा बढी मात्रमा तुसारो समेत पर्ने गरेको पाएको ले बाहिर जादा यात्रा गर्दा पन्जा चेस्ट गार्ड हेल्मेट बाक्लो कपडा समेत प्रयोग गर्न स्वास्थ कर्मी हरु बताउनु हुन्छ।