४ माघ २०७९, बुधवार

सल्यानको बागचौर नगरपालिकामा एक घर आगलागी भएको छ ।
नगरपालिकाको वडा नं.४ शिवरथ बाटमनिका रेवता बस्नेतको घरमा आगलागी भएको स्थानीयले बताएका छन् ।

मंगलवार विहान बस्नेतको घरमा आगलागी भएको र गाउँलेको सहभागितामा आगो नियन्त्रणमा लिएको बागचौर नगरपालिका वडा नं।४ का वडा अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिनु भएको छ ।


आगलागीमा परि के कति क्षति भएको र के कारणले आगलागी भएको भन्ने बारे अनुसन्धान भै रहेको वडा अध्यक्ष बस्नेतले बताउनु भयो ।घटना स्थलमा इलाका प्रहरी कार्यालय सिमखोली बाट प्रहरी पुगीसकेको बताइएको छ ।