२७ पुष २०७९, बुधवार

संघर्षशील साना किसान कृषी सहकारी सस्था लि.को तेस्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख गौतमले स्थानीय पालिकामा संचालित बैंक तथा सहकारी संस्थाहरुमा जम्मा हुने रकम यहीँका बास्तबिक किसान तथा व्यवसाय लाई सहुलियत रुपमा कर्जा उपलब्ध गराउन र उत्पादन मुलुक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।सहुलियत कर्जा उपलब्ध गराउदा ग्रामीण क्षेत्रलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो । बैंक तथा सहकारी संस्था बाट जुन उदेश्यले कर्जा लिइन्छ त्यसैमा लगानी गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष तुलाराम बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख जनकराज गौतम, नगर प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष दिपेश डि।सी, वडा नं.१ का वडा अध्यक्ष गंगाराम बस्नेत, वडा नं.३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, कार्यपालिका सदस्य रोजी बुढाथोकी, ढाका कुमारी वली डि।सी, वडा नं.३ का दलित महिला सदस्य सितला कुमारी बि.क, नेपाल पत्रकार महासंघ सल्यान का सदस्य सन्जीब देबकोटा र रेडियो मध्यपहाड बाट प्रदिप मगर तथा संस्थाका सेयर सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रमा स्वागत मन्तव्य संचालक समिति सदस्य उषा डि.सीले राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका प्रवन्धक राजेन्द्र बहादुर डि.सीले गर्नुभएको हो ।