मंसिर २० सल्यान, जिल्ला को मुसीकोट नगरपालिका– ८ ठोकलाबाङमा रोकिरहेको रा ५ प ७०३३ नम्बरको मोटरसाइकलमा हिँजो सााझ आगलागी भएको छ ।

मोटरसाइकल धनी भीमप्रकाश पाण्डेका अनुसार आफूहरुले मोटरसाइकल रोकेर साथीको बिहेमा जान भनेर केही अगाडि बढ्ने बित्तिकै आगलागी भएको बताएका छन् । आफूसँगै गएका अरु दुई वटा बाइकमा भने कुनै क्षति नपुगेको उनको भनाइ छ ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । यस पिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए ।