भाद्र १६ गते बिहिवार

नेपाली कांग्रेस सल्यान क्षेत्र १ ले आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

बिहिबार सल्यान खलंगामा बसेको क्षेत्र नम्बर क को बैठकले प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो ।
बैठकले प्रत्यक्ष तर्फ प्रदेश सभाका लागि ३ जना र समानुपातिक तर्फ ११ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष तर्फ एकराज डाँगी, नेत्रलाल वली र सुरेश चन्दको नाम सिफारिस गरेको छ ।
यस्तै समानुपातिकमा महिला तर्फ चन्द्रकला हमाल, बिमला डाँगी वली र लक्ष्मी सुनारलाई सिफारिस गरिएको छ ।

यस्तै दलित तर्फ चक्रे दमाई, प्रेमनारायण बिक, जनजाति तर्फ, काली बहादुर घर्ति मगर, ज्ञानदेव घर्तिलाई सिफारिस गरिएको छ । खसआर्यतर्फ गोरख बहादुर केसी, दिपेन्द्र कुमार खत्री र रुद्र बहादुर चन्द सिफारिस गरेको जनाएको छ ।