कर्णाली प्रदेश सुर्खेत भदौ २, कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। भदौ ४ गतेका दिन शनिबार प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो।


उक्त दिन कर्णालीका सबै सार्वजनिक तथा निजी संघ संस्थाहरुमा सार्वजनिक बिदा दिईएको कर्णाली प्रदेश सरकारले जनाएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकाअनुसार २०७८ चैत २९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।