साउन १९ ,जिल्लाको बागचौर नगरपालिका १० मोखला शिबगुफा मन्दिर नजिकै पार्टीको विशेष कमिटी सदस्य लोकमान केसी (महेन्द्र) बिहीबार बिहान मृत फेला परेका हुन । सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे ठुलीखर्क निवासी केसी मोखलाको शिबगुफा मन्दिर जंगल नजिकै घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन । 

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर घटनाको अध्ययन गर्ने क्रम भइरहेको ले थप अनुसन्धान को लागि उनी सँगै हिजो साझ ५ बजे सम्म भएको खुल्न आएको ले छत्रेश्वरी गाउँपालिका १ चापी का टोप बहादुर केसि लाई प्रहरी ले छानबिनका लागि लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।