दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन् ।

डुङ्गेश्वर गाउँपालिका–२ को सेर्माकोट भन्ने ठाउँमा आइतबार दिउँसो आएको वर्षासहितको चट्याङले १२ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहका अनुसार कोदो गोड्ने क्रममा आएको वर्षासहितको चट्याङ लागेको थियो ।
‘चट्याङले कसैको हात जलेको छ ।
कसैको आँखामा चोट लागेको छ,’उनले भने,‘ घाइतेहरूलाई जिल्ला अस्पताल दैलेखमा ल्याउने तयारी भइरहेको छ.