५ साउन २०७९, बिहिवार
अग्लो पहाडको फेदीमा छ, लुकुम गाउँ । संघीयताले जन्माएको देशकै कान्छो जिल्ला रुकुम पूर्वको
भूमे गाउँपालिका–१ मा पर्ने यो ठाउामा खाम मगर जातिको बसोबास छ । यिनै मगर जातिको मौलिक संस्कृति हो, झाँक्री मेला ।
धामी–झाँक्री रुढीवादी र अन्धविश्वासी जीवनपद्धति नै हो तर यहाँका लागि भने मौलिक संस्कृति पनि हो ।
हरेक वर्ष साउन पहिलो साता लुकुम गाउँमा झाँक्री मेला लाग्ने गर्छ ।गाउँछेउको पूर्वतिर अवस्थित चौतारोमा
अग्ला धुपी सल्लाका रूख छन्, त्यही धुपी सल्ला भएको ठाउँमा भेला हुन्छन्, गाउँभरका झाँक्री ।
१ र २ साउनलाई छाडेर आउने सोम, मंगल र शनिबारमध्ये एक दिन यो मेला आयोजना गर्नेप्रचलन रहेको बताउँछन्, झाँक्री समूहका अध्यक्ष जोधे पुन ।
उनका अनुसार धेरै वर्षपहिले यहाँका स्थानीयलाई भूतप्रेतले सताएपछि त्यसलाई भगाउन तन्त्रमन्त्र प्रयोग गरिएको थियो ।
तिनै झाँक्रीले गाउँबाट भूतलाई लेखेटेको खुसियालीमा हरेक वर्ष यो मेला आयोजना गरिन्छ ।
“विधि जानेका र तन्त्रमन्त्र बुझेका झाँक्री घरघरै भएकोलुकुम गाउँमा यस वर्ष पनि ३० जना झाँक्री एकै ठाउँ भेला भएर नाचे
,” गाउँका पूर्वशिक्षक रुजिधन घर्ती मगर सुनाउँछन्, “मुहारमा अनुहारमा मोसो दलेका र झाँक्री वस्त्र पहिरिएका
तान्त्रिकको यो जमघट यहाँको मौलिक संस्कृति र चिनारी हो ।”
गाउँमा रहेका हरेक थरबाट कम्तीमा एक जना झाँक्री नाच्न तयार हुनुपर्छ । झाँक्री पठाउन नसक्ने
थरलाई भने जरिवाना तोकिएको अध्यक्ष पुन बताउँछन् । झाँक्री भएर पनि सहभागी नबनाउनेलाई १ हजार र झाँक्री नै
नभएकालाई ७ सय रुपैयाँ जरिवाना लाग्ने नियम रहेको सुनाउँछन्, पुन ।
जरिवानाबापतको रकम भने त्यही झाँक्री समूहले मेला व्यवस्थापनमा खर्चिन्छ ।
भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाका अनुसार यस्ता संस्कारमा झाँक्रीका सहयोगी अर्थात्
चेलालाई भान्जा भन्ने चलन छ । यिनै भान्जा पछि गएर झाँक्री बन्छन् । भान्जा बन्न चाहनेमा धेरैजसो युवा हुन्छन् ।
पाहुनालाई सिस्नोले पोलेर स्वागत गरिने यो मेलामा मगन हुन स्थानीय मात्र होइन, वरपरका गाउँले पनि मरिहत्ते गर्छन् ।