असार ३०, बागचाैर नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७९ करोड ७९ लाख ७९ हजारको बजेट सर्वसम्मत रुपमा पारित भएको छ ।

९ औं नगर सभा मार्फत आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिकाको बजेट आज मिति२०७९/०३/३० गते बिहीबार सर्वसम्मत रुपमा पारित भएको छ ।

कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आर्थिक विधेयक र विनियोजन विधेयक २०७९
नगर उप-प्रमुख सुम्निमा डि.सी. वलीले प्रस्तुत गर्नुभएको थियो ।स्वागत मन्तब्य स्वास्थ्य शाखा प्रमुख हरि कठायत राख्नुभएको थियो । यस्तै कार्यक्रम संचालन बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले गर्नुभएको थियो।

कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी. वली, बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, बागचाैर नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्षहरु, वडा सदस्य कार्यपालिका सदस्यहरु, पत्रकारहरु, नगरपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

-चालू खर्च तर्फ रु ४५ करोड ५० लाख ७० हजार तथा पूजिगत खर्च तर्फ रु ३४ करोड २८ लाख ९२ हजार बजेट विनियोजन ।

-पूर्वाधार विकास तर्फ रु ११ करोड ७८ लाख ५२ हजार बजेट विनियोजन ।

– शिक्षा, स्वास्थ्य, खानेपानी, लैङ्गिक विभेद न्यूनिकरण लगायतका क्षेत्रहरुलाई समेट्ने गरी समाजिक विकास तर्फ रु ७ करोड ६६ लाख ६० हजार बजेट बिनियोजन ।

-आर्थिक विकास तर्फ रु ६६ लाख ८० हजार बजेट बिनियोजन ।

– विपत् व्यवस्थापन तर्फ रु १ करोड बजेट बिनियोजन ।

– सुशासन, न्याय तथा कानून, वन, वातारवरण तर्फ ४८ लाख ५० हजार बजेट विनियोजन ।