सल्यान असार ४

सल्यानमा वनमा लागेको आगो निभाउन गएका एक पुरूषको  मृत्यु भएको छ ।

जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ डाडाकटेरीका अन्दाजि ५७ बर्षिय दल बहादुर बुढाथोकीको मृत्यु भएको हो । शुक्रबार राति देखि दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रमममा आगोको हर्कोले जलेर उनको मृत्यु भएको स्थानियले जानकारी दिएका छन ।

स्थानियका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारणले खोटोको बाकसहरु बचाउने क्रममा दिउसो करीब १२ बजे तिर आगोमा परेरे मृत्यु भएको हो । घटनाको अनुसन्धानको लागि जिल्लाबाट प्रहरी निरीक्षक सहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सल्यानका डिएसपी सुमित खडकाले बताउनु भयो ।