१३ जेठ २०७९, शुक्रवार
सल्यानको बागचौरमा बस दुर्घटना भएको छ ।
रोल्पा र सल्यानको सिमाना बागचौर नगर पालिका ९पातिहाल्न बाट दाङ तुलसीपुरको लागि छुटेको ना ३ ख ३८८४ नम्बरको
यात्रुबाहक बस बागचौर नगरपालिकाको सारदा जङ्गार खोलामा दुर्घटना हुदा
बागचौर नगरपालिका ८ कोटमौला उमेर ४३ का अजमत कामी गम्बीर गाइते भएका छन भने
अन्य बागचौर नगरपालिका १० उमेर २२ की अन्जना गिरि,गंगादेव ३ रोल्पा उमेर ५८ की दिलकुमारी खड्का
बागचौर नगरपालिका ८ कोटमौला उमेर ६३ की चम्फा ढकाल,बागचौर नगरपालिका ८ कोटमौला उमेर ३६ का दिपक योगी
बागचौर नगरपालिका ८ कोटमौला उमेर ७५ का लिलानाथ योगी सामान्य घाइते भएका छन
बिहान टिप्पर दुर्घटना भएको ठाउँमा सोही टिप्परको कारण बाटो ब्लक हुदा फेरि बस दुर्घटना भएको भएको देखिन्छ ।
ओरालो बाटोमा गाडी रोक्नु, ड्राइभरले स्टेरिङ छोडेर बाहिर निस्किनुको कारण दुर्घटना भएको देखिन्छ ।
दुर्घटनामा परेर केहि यात्रुहरू घाइते भएको र ठुलो मानवीय क्षति हुनबाट जोगिएको छ ।
पुल निर्माणको लागि खनिएको बाटो, माल समान र बस संगै घिसारिएर आएको बाइकको कारण बस यसरी बिचैमा अड्डिन सम्भव भएको देखिन्छ ।