९ जेठ २०७९ ।

बागचौर नगरपालिका सल्यानका निवर्तमान मेयर लोकमान बुढाथोकीले नेपाल पत्रकार महासंघ सल्यान शाखामा एउटा अक्षयकोष स्थापना गरेका छन् ।

नगर प्रमुखको रुपमा पाएको सेवा, सुबिधा (तलब/भत्ता) बापतको २ लाख ८० हजार ८ सय ४१ रुपैयाँको अक्षयकोष स्थापना गर्ने बुढाथोकीले घोषणा गरेका छन् ।

अक्षयकोषको रकमबाट आउने व्याज रकम कार्यविधि बमोजिम प्रत्येक वर्ष १ जना उत्कृष्ट पत्रकारलाई सम्मान सहित रकम उपलब्ध गराइने उनले बताए ।

नेपाल पत्रकार महासंघ सल्यान शाखा र बुढाथोकी बिच केहिदिन भित्रै कार्यबिधी बनाई सम्झौता गरिने महासंघका अध्यक्ष नवीन पौडेलले बताए ।