दिल बिक्रम शाही खलंगा जेठ ५,जाजरकोट

जाजरकोटको शिवालय गाउँपालिका ८ मा नेपाली कांग्रेसको प्यानल बिजय भएको छ। वडा नं ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका जसबिर वलि निर्वाचित भएका छन । ४२२ मत प्राप्त गरी वलि वडाध्यक्षमा निर्वाचित भएका हुन ।वलि अघिल्लो ५ बर्षको कार्यकालमा पनि वडा अध्यक्षमा निर्वाचित भएका हुन्

। उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बेद बहादुर बुढाले ३७३ र माओवादीका दलसिंह वलिले १६ मत प्राप्त गरेका हुन् । नेपालि कांग्रेसकि महिला सदस्य भिमा कुमारी कठायतले ४२९ मत प्राप्त गरेर विजय हासिल गरेकी हुन् ।

दलित महिला सदस्य जयसरा चनाराले ४२१ मत ल्याएर निर्वाचित भएकी छन् । नेपाली कांग्रेसका खुल्ला सदस्यहरुमा डिल्ली प्रसाद रेग्मीले ४०६ र वीर कठायतले ४१३ मत ल्याएर निर्वाचित भएका छन । वलि अघिल्लो ५ बर्षको कार्यकालमा पनि वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।